देवचुली,
तेस्रो देवचुली महोत्सवमा भोलि ( मंगलबार ) रास्ट्रीय लोक दोहोरि गायक राजु परियार आउने भएका छन्। आज फाल्गुन १६ गते सोमबार देखि सुरु भएको महोत्सवमा भोलि देखि दैनिक रास्ट्रीय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहनेछन् ।
भोलिको महोत्सवमा बिशेष आकर्षणको रुपमा राजु परियार संगै बाल गायिका कमला घिमिरे , भ्वाइस अफ नेपाल सिजन ३ का कर्णराज गिरि , द अण्डर ग्राउण्ड चितवन डान्स ग्रुपको प्रस्तुति संगै दिपक खड्का र अन्य स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति समेत हेर्न पाइने महोत्सवको सांस्कृतिक संयोजक सत्य नारायण भुसालले ह्याप्पी टाइम्सलाई बताएका छन्।
भुसालका अनुसार महोत्सव अवधिभर प्रकाश सपुत , ज्योति मगर , कृष्ण कंडेल सहितको इन्द्रेणी समूह , छेवाङ लामा , रबि रिमाल , रचना रिमाल , एलिना चौहान , र्यापर भिटेन , मिस्टर डि , सरकार , रमेशराज भट्टराई , स्वप्न सुमन , जादुगर माहादेव त्रिपाठी , हास्य कलाकार सन्दिप छेत्री लगायतका कलाकारहरु आउने छन्।
देवचुली उद्योग वाणिज्य संघको आयोजना सँगै नव प्रगति युवा क्लब र प्रगतिनगर बजार व्यवस्थापन समितिको सह–आयोजनामा तेस्रो देवचुली महोत्सव आज देखि सुरु भएको छ। महोत्सव देवचुली १० प्रगतिनगर पावर हाउस पछाडि भइरहेको छ ।