देवचुली ,
४० औँ मगर एकता दिवसको अवसरमा देवचुली १० पृथ्वीनगरमा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। नेपाल मगर संघ देवचुली १० पृथ्वीनगरको आयोजना संगै संघका अध्यक्ष ओम बहादुर घर्तिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। " गाउँ गाउँमा मगर संघ घर घरमा शिक्षा , कुरीति कुसंस्कृति हटाउने हाम्रो सदिक्षा " भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा देवचुली १० का अध्यक्ष केशर आलेको प्रमुख आतित्थ्यता रहेको थियो।
कार्यक्रममा नेपाल सरकारका उप सचिव बिष्णु भुसाल , प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल , जिल्ला समन्वय समितिका सदस्य खिमा सरु , देवचुली ११ का अध्यक्ष रमेश ठाडा र १४ का अध्यक्ष हेमराज दवाडी ,समाज सुरक्षा युवा क्लबका अध्यक्ष रेम बहादुर ठाडाको आतित्थ्यता रहेको थियो।
कार्यक्रममा रास्ट्रीय गायिका शिला आलेको साथमा स्थानीय कलाकारहरु सुरेश राना , भक्त थापा , अस्मि थापा लगायतको बेजोड प्रस्तुति रहेको थियो भने कलाकारहरुको प्रस्तुतिमा रमाउन २ हजार भन्दा बढी दर्शकहरुको उपस्थिति रहेको उमा घर्तीले ह्याप्पी टाइम्सलाई बताएकी छिन् । घर्तीले कलाकारहरुको प्रस्तुति संगै मगर जातिको मौलिक नृत्य सोरठी , कौरा र मारुनी पनि कार्यक्रममा प्रस्तुत गरिएको बताएकी थिइन् ।
कार्यक्रममा शिला आलेले उनको चर्चित गित सुन्तला र स्याउ , लाली जोबन , गोर्खा कालिका लगायतका गितहरु गाएकी थिइन्। कार्यक्रममा बोल्ने अधिकांध वक्ताहरुले मगर जातिको पहिचानको संरक्षण , मगर जातिहरुको हकहितको संरक्षण संगै नगर भित्रका सम्पूर्ण मगर जातिलाई आफ्नो भाषा , संस्कृति र कलालाई जगेर्ना गर्न एकजुट भएर लाग्न आग्रह गरेका थिए।
यधपी नेपाल मगर संघका केन्द्रिय पुर्व अध्यक्ष झक बहादुर थापाको असमायिक निधन भए लगत्तै केन्द्रबाट कार्यक्रम नगर्न भनेतापनि कार्यक्रमको तयारि अन्तिम चरणमा पुगेको र दर्शकहरुको माया र चाहनालाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष घर्तीले बताएका छन्।
कार्यक्रमको सहजीकरण भने उमा घर्ति र शोभा रानाले गरेका थिए।