देवचुली,
देवचुली नगरपालिका वडा नं १६ रजहरमा रहेको धुसेरी सामुदायिक वन उपभोक्ता संस्थाको ३१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहिबार संस्थाको प्राङ्गणमा भएको कार्यक्रममा वनका अध्यक्ष लोकबहादुर कार्कीको अध्यक्षता एवम् देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो ।
धुसेरी सामुदायिक वनले २५ औँ रजत जयन्ती मनाएको छ । रजत जयन्तीको अवसर पारेर धुसेरी सामुदायिक वनले ३० जना जेष्ठ नागरिक उपभोक्ता सदस्यहरुलाई सम्मान गरेको छ साथै वनलाई सहयोग गर्ने ब्यक्ति तथा संस्था, पूर्व अध्यक्ष एवं सञ्चालक समिति, पूर्व कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएकी तिवारीले सामुदायिक वनहरुले समुदाय स्तरका महिलाहरुको आर्थिक र जिवनमुखी काम गरेको बताउँदै वनले महिलाहरुको सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेल्ने समेत बताउनुभएको थियो । उहाँले आगामी दिनमा वनको बजेटले महिलाहरुको जिवन सुधारर्ने कार्यक्रमहरु ल्याउन समेत अनुरोध गर्नुभएको छ ।
कार्यक्रममा धुसेरी सामुदायिक वनका अध्यक्ष लोकबहादुर कार्कीले संस्थाले हालसम्म गरेको कार्य प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
आर्थिक बर्ष २०७७–०७८ को प्रगति तथा प्रस्तावित वनका सचिव सुमित्रा थनेतले प्रस्तुत गर्नुभएको थियो ।
यसैगरि वनका कोषाध्यक्ष धनबहादुर क्षेत्रीले ६२ लाख २२ हजार २ सय ३४ रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक दुर्गाप्रसाद पौडेलले वनको मयुरकुना पोखरी र गणेश मन्दिर नजिक रहेको पोखरी पर्यटकीय आकर्षकका रुपमा रहेको बताउँदै त्यसलाई थप व्यवस्थित गर्दै लैजाने बताउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष देवु भक्ति बानियाले स्वागत मन्तव्य राख्नुभएको् थियो । कार्यक्रम कार्यालय सचिव चिन्तामणी चापागाईले सञ्चालन गर्नुभएको थियो । साथै वनको १५ औँ अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । बन्द सत्र आईतबार सम्मका लागि स्थगित गरिएको सचिव चिन्तामणी चापागाईले बताउनुभयो ।